April 29, 2006

संविधान सभामा जाने प्रस्ताव संसदमा प्रस्तुत

April 28, 2006

परेवा डटकमले आफ्नो अनलाईन संस्करणमा प्रकाशित गरेको समाचार अनुसार, पुनर्स्थापित संसदको पहिलो बैठकमा संविधान सभामा जाने प्रस्ताव प्रस्तुत भएको छ।

प्रस्तावक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रहनुभएको छ भने समर्थक सातै दलका संसदीय दलका नेता रहेका छन्।

कोइराला उपस्थित नहुनुभएकोले प्रस्ताव उपसभामुख चित्रलेखा यादवले पढ्नु भएको थियो।

उक्त जरुरी महत्त्वको सार्वजनिक प्रस्तावमाथि आइतबार छलफल हुने समय बैठकको अध्यक्षता गरिरहनुभएका चित्रलेखा यादवले गर्दै संसदको बैठक आइतबार ४ बजेसम्मका लागि स्थगित गर्नुभएको छ।

निर्धारित समयभन्दा ढिला सुरु भएको बैठकमा राजदरबारबाट पठाइएका विभिन्न पत्रहरु र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पत्र पनि पढेर सुनाइएको थियो। राजदरबारबाट प्राप्त एउटा पत्रमा प्रधानमन्त्रीको नियुक्ति संविधानको धारा ३६ (१) अनुसार भनिएकोमा त्यसलाई सच्याएर नेपाल अधिराज्यको संविधान २०४७ अनुसार भनी मात्र लेखिएको थियो।

संसद अधिवेशन सुरु,प्रधानमन्त्री कोइरालाको शपथ ग्रहण स्थगित

अहिले संसद भवनमा अधिवेशन सुरु भएको छ। प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको ब्रिग्रंदो स्वास्थ्यस्थितिका कारण उहां प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन सक्नुभएन। सबिंधानसभाको निर्वाचनले बिषयमा हुने छलफलले आज प्रवेश पाउने नपाउने बारेमा अन्योल बढेको छ । नेपाली कांग्रेसका कामु मुख्य सचिव शोभाकर पराजुलीले गिरिजा प्रसाद कोइरालाको अनुपस्थितिमा पनि बैठकमा संविधानसभाले प्रवेश पाउने सम्भावना रहेको बताउनु भयो । प्रतिनिधिसभाको कार्यसुचिको बिषयमा छलफल गर्न दलहरुको बैठक जारी रहेको समाचार सुत्रले बताएको छ । प्रधानमन्त्री पदको आज हुने भनिएको शपथ ग्रहण कोइरालाको स्वास्थ्य स्थितिको कारण स्थगित भएको छ । आज विहान ९:४० बजे प्रधानमन्त्री कोइरालाले श्री ५ महाराजसमक्ष शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियो । डा. मधु घिमिरेको नेतृत्वमा खटिएको चिकित्सक टोलीले कोइरालाको स्वास्थ्य स्थितिमा अझै सुधार आउन नसकेको प्रतिवेदन बिहान दिएको थियो । फोक्सोमा समस्या भएको कारण कोइरालाले अक्सिजन लिनुपर्ने स्थिति छ भने बिहीबार दिउंसो स्लाइन समेत दिनु परेको थियो ।

Get free blog up and running in minutes with Blogsome | Theme designs available here